जोकोभिच र डेभिड फेरर विम्वल्डन टेनिसको चौथो चरणमा प्रवेश - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

जोकोभिच र डेभिड फेरर विम्वल्डन टेनिसको चौथो चरणमा प्रवेश

Share This
१६ असार । नोभाक जोकोभिच र डेभिड फेरर विम्बल्डन टेनिस प्रतियोगिताको चौथौ चरणमा प्रवेश गरेका छन् ।
गएराति भएको तेस्रो चरणको खेलमा विश्व नम्बर एक सर्बियाली नोभाक जोकोभिचले फ्रान्सेली जेरामी चार्डीलाई ६—३, ६—२ र ६—२ को सेटमा पराजित गदै अधिल्लो चरणको यात्रा तय गरेका हुन् ।


जोकोभिचले चार्डीलाई खेलको तिन वटै सेटमा सहजै पराजित गरेका थिए । अब अन्तिम १६ को खेलमा जोकोभिचले जर्मनीका टोमी हासको सामना गर्ने छन् । गएराती नै भएको अर्को खेलमा स्पेनी डेभिड फेररले युक्रेनका अलेक्जान्द्रो डोल्गोपोलोभलाई ६—७, ७—६, ६—२, ६—१ र ६—२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै चौथौ चरणको यात्रा तय गरे ।


खेलको पहिलो र तेस्रो सेटमा पराजित भएका फेररले बाँकी तीन सेटमा भने जित हात पारेका थिए । गएराति नै भएका अन्य खेलमा जर्मनीका टोमी हास, अस्ट्रेलियाका बेर्नाड टोमिक, क्रोशियाका इयान डोगिग, अर्जेन्टिनाका जुवान मार्टिन डेल पोर्टो र रसियाका मिखायल योज्नीले आ—आफ्नो खेलमा जित हात पार्दै अघिल्लो चरणको यात्रा तय गर्न सफल भएका छन् ।

गएराति नै भएको महिला सिङगल्सतर्फको खेलमा अमेरिकी सेरेना विलियम्सले जापानकी किमिको डेट क्रुमलाई ६—२ र ६—० को सेटमा तथा पोल्याण्डकी अग्नेस्का राडवान्स्काले अमेरिकी मेडिसन केइसलाई ७—५, ४—६ र ६—३ को सेटमा हराउँदै चौथौ चरणमा प्रवेश गर्न सफल भएका छन ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here