सडकहरू अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

सडकहरू अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

Share This
१६ असार । म्याग्दी सदरमुकाम बेनीसँग जोडिएका ग्रामिण सडकहरू अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।
वर्षासँगै सदरमुकाम बेनीलाई विभिन्न गाउँसँग जोड्ने सडकमा सवारी साधन सञ्चालन नहुँदा आवतजावत र ढुवानीमा समस्या भएको हो । सदरमुकामदेखि उत्तरी क्षेत्र जोड्ने बेनी–जोमसोम सडक भिरकाटेमा कालिगण्डकी नदीले कटान गरेपछि अवरुद्ध बनेको छ ।

त्यस्तै, पश्चिमी क्षेत्र जोड्ने बेनी–दरवाङ सडक लाम्पाटामा पहिरोका कारण बन्द भएको छ । अन्य १० स्थानमा हिलो र पहिरोका कारण सडक ठप्प भएका छन् । सिधा सवारी नचल्दा खाद्यान्न, दैनिक उपभोग्य र निर्माण सामाग्री तथा कृषि उपज बजारसम्म पुराउन कठिनाइ भएको स्थानीयवासीको गुनासो छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here