सहमति कार्यान्वयन नभएको भन्दै तनहुँ बन्द आह्वान

१० असार । गत चैत्र १५ गते प्रहरीको नियन्त्रणमा रहेका बेला मृत्यु भएका तनहुँका सुजन तामाङको परिवारले जिल्ला प्रशासन कार्यालयले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै सोमबार तनहुँ बन्दको आव्हान गरेका छन् ।

बन्दले तनहुँको जनजीवन विहानैबाट प्रभावित बनेको छ । गत चैत्र १६ गते जिल्ला प्रशासन कार्यालय र मृतकका आफन्तबीच भएको छलफलमा मृतक परिवारलाई १५ लाख रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो । तर प्रशासनसँग भएको उक्त सहमति हालसम्म पनि कार्यान्वयन नभएपछि आफुहरु सडकमा उत्रिनुपरेको संघर्ष समितिका संयोजक सन्त तामाङले बताउनुभयो ।

बन्दकर्ताले सदरमुकाम दमौली बजारको मुख्य चोकहरूका साथै डुम्रे, दुलेगौडा आदि क्षेत्रमा अबरोध गरेका छन् । बन्दले पृथ्वी रामजार्गमा गुड्ने सवारी साधनहरुबीच बाटोमै रोकिएका छन् । त्यस्तै शैक्षिक संस्था , पसलहरूपनि पूर्ण रुपमा बन्द गरिएका छन् ।
गाँजा सेवन गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको सुजन तामाङलाई स्वास्थ्य परीक्षण गराउने क्रममा दमौली अस्पताल लैजाने क्रममा उनी भागेका थिए । त्यसपछि भाग्ने क्रममा भीर बाट खसेर तामाङको मृत्यु भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...