पक्राउ पुर्जी जारी भएपछि हङकङ पुगेका इस्नोडेन रसिया गएको आशंका

९ असार । अमेरिका सरकारका गोप्य निगरानी कार्यक्रमहरु सार्वजनिक गरेका पूर्व अमेरिकी गुप्तचर विज्ञ इडवार्ड इस्नोडेनले हङकङ छोडेका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीले लाखौं नागरिकको फोन रेकर्डका साथै इमेल इन्टरनेटमा समेत निगरानी राखेको स्नोडेनले सार्वजनिक गरेका थिए । अमेरिकामा पक्राउ छल्न हङकङ पुगेका उनलाई सुपुर्दगी गर्न अमेरिका सरकाले हङकङ प्रशासनलाई आग्रह गरेको थियो ।

तर उनलाई पक्राउ गर्न हङकङको कानुन अनुसार बाध्यकारी नभएको भन्दै थप प्रमाणका लागि अमेरिकासँग आग्रह गरिएको हङकङले जनाएको छ । इस्नोडेन रसिया तर्फ उडेको साउथ चाईना मर्निङ पोष्टले जनाएको छ ।
अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीसँग काम गरेका स्नोडेनले अति संवेदनशिल सुचनाहरु सार्वजनिक गरेको भन्दै अमेरिका सरकारले विभिन्न मुद्दा लगाई पक्राउपुर्जी जारी गरेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...