३० जेठ । गोर्खा कप फुटबलअन्तर्गत विहीबार थ्रीस्टार र मनाङ मस्र्याङ्दीबीच सेमिफाइनल खेल भएको छ ।
बुधबार भएको खेलमा ब्वाइज युनियनलाई तीन–शून्य गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । आर्मीले अब फाइनलमा थ्रीस्टार र मनाङ मस्र्याङ्दी क्लबबीचको विजेतासँग खेल्नेछ ।
आर्मीलाई जित दिलाउने क्रममा खेलको १४ औ मिनेटमा राजु नेपालीले पहिलो गोल गरेका थिए । पहिलो हाफसम्म एक–शून्यको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा दुई गोल थप्यो । ५५ औ मिनेटमा कप्तान महेन्द्र खवासको क्रसमा रामकुमार विश्वाले गोल गर्दै आर्मीको अग्रतालाई दोब्बर पारे ।
त्यस्तै, खेलको ७० औ मिनेटमा नरेश मेचेले राजु तामाङको पासमा वन भरसेस वनको मुभ बनाउर्दै आर्कषक गोल गरे । यसअघि, क्वाटरफाइनलमा आर्मीले नेपाल पुलिस क्लब तथा ब्वाइज युनियनले आरसीटीलाई पराजित गर्दै समिफाइनलमा स्थान बनाएको थियो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment