कन्फेडेरेसन कप फुटबलमा ब्राजीलसँग इटाली पराजित

असार । कन्फेडेरेसन कप फुटबल अन्तर्गत शनिबार राति भएको ब्राजिल र इटालीबीचको खेलमा इटाली पराजित भएको छ ।

समुह चरणको आफ्नो अन्तिम खेलमा ब्राजिलले इटालीलाई ४–२ गोलअन्तरले पराजित गरेको हो । साल्भाडोरमा शनिवार राति भएको खेलमा इटालीलाई पराजित गरी ब्राजिल समुह ‘ए’को बिजेता बनेको छ । ब्राजिलसँग पराजित भएको इटाली भने उपविजेता बन्दै फाइनलमा पुगेको छ । समुहका अन्य टिम मेक्सिको र जापान भने समुह चरणबाटै बाहिरिएका छन । ब्राजिलले ९ अंक जोड्दा उपविजेता इटालीले ६ अंक बटुलेको छ ।

ब्राजिलको जितको लागि स्पेनिस क्लव बार्सिलोनाका नयाँ स्ट्राइकर नेइमारको प्रदर्शन उल्लेख्य रह्यो । नेइमारले समुह चरणका सवै खेलमा विपक्षी टिम बिरुद्ध गोल गरे । खेलको ४५ औं मिनेटमा ब्राजिलले गोल खाता खोलेको थियो । ४५औं मिनेटमा डेभिड लुइज दन्तेले गोल खाता खोलेका थिए । तर, ५१ औं मिनेटमा इटालीका मोन्टोलिभो गियोकचिर्नीले गोल गदै खेल बराबरीमा ल्याएका थिए ।

५५औं मिनेटमा नै ब्राजिलका लागि नेइमारले गोल गर्दै खेल २–१ को अवस्थामा पु¥याए । ६६औं मिनेटमा ब्राजिलका लागि फ्रेडले गोल गर्दै खेलमा ३–१ को अग्रता दिलाए । ७१औं मिनेटमा चिइल्लीनीले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । तर, खेलको अन्तिम समय ८८औं मिनेटमा ब्राजिलका लागि फ्रेडले दोस्रो गोल गर्दै खेल नतिजा ४–२ मा पु¥याएका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...