
विहीबार विहान जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले कबिलास गाविस वडा नम्बर ५ केराबारीमा पर्ने त्रिशुली नदीको किनारामा २२ वर्षीया मोनिका रेग्मीको शव फेला पारेको हो ।
अन्यको अवस्था अझै अज्ञात छ । पानीको बहाव बढेकाले उनीहरूको अवस्था पत्ता लगाउन कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीÔक अरुण्ँ पौडेलले बताउनुभयो । गत शनिबार त्रिशुली नदीमा पौडी खेल्ने क्रममा भरतपुर वडा नम्ब् ५ का एकै परिवारका तीन दिदीबहिनी मोनीका रेग्मी, रोजीना रेग्मी, लिजा रेग्मी र छिमेकीहरू अस्मिता थापा मगर र जनक रावत बेपत्ता भएका थिए ।
यसैबीच, सशस्त्र प्रहरी बल बिपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रमुख दुर्गा कुँवरले त्रिशुली वरपर घुम्न आउनेहरूलाई सतर्क रहन आग्रह गर्नुभएको छ । अहिलेको मौसम, ¥याप्mटीङका लागि समेत उपयुक्त नभएको भन्दै उहाँले सचेत गराउनुभएको छ ।
No comments:
Post a Comment