नुवाकोट बन्दले जनजीवन प्रभावित - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

नुवाकोट बन्दले जनजीवन प्रभावित

Share This
११ असार । नुवाकोटको किम्ताङका पहिरो पीडितहरुलाई सरकारले विदुर नगरपालिक–६ स्थित खम्बाक्याम्पमा स्थानन्तरण गर्न लागेको भन्दै स्थानीयवासीले अनिश्चितकालीन नुवाकोट बन्द गरेका छन् ।
बन्दका कारण जिल्लामा यातायात, शैक्षिक संस्था, बजार तथा पसल, उद्योग, कलकारखाना लगायतका क्षेत्रहरु ठप्प भएका छन् । २०३२ सालदेखि बग्दै गएको किम्ताङको पहिरो पीडितहरुलाई सरकारले यसैसाता खम्बाक्याम्पमा ल्याउने तयारी गरेको थियो । किम्ताङमा गएको पहिरोबाट अहिलेसम्म करिब १ सय घर बगाइसकेको छ भने ५ सय भन्दा बढी घरपरिवार जोखिममा परेका छन् । नुवाकोटका सरकारी कर्मचारीहरुले खम्बाक्याम्पमा स्थानन्तरण गराइदिने आश्वासन दिदै ५० हजार रुपैयाको दरले रकम उठाएर स्थानन्तरणमा ढिलाई गरेको पीडितहरुले गुनासो गरेका छन । खम्बाक्याम्पवासीले पनि सरकारले पीडितको नाममा आर्थिक हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी दिएका छन् । स्थानीयवासीले पहिरो पीडितहरुलाई खम्बाक्याम्प स्थानन्तरण गर्न नदिने भन्दै ‘चण्डीपोखरी खम्बक्याम्प जग्गा बचाउ सङ्घर्ष समिति’ गठन गरेर आजदेखि अनिश्चितकालीन नुवाकोट बन्द घोषणा गरेका छन् । बन्दकर्तँलाई राजनीतिक दल, उद्योग बाणिज्य संघ, नागरिक समाज लगायतको समर्थन रहेको छ । समितिले आफूहरु पहिरो पीडितको बिरोधी नभइ खम्बाक्याम्प संरक्षणको लागि आन्दोलनमा उत्रिएका बताएका छन् ।

बन्दकर्ताहरुले नेपाल विद्युत प्राधिकरण त्रिशुली जलविद्युत आयोजनाको जीप, र सर्वसाधारण चढेको तीन वटा मोटरसाइकलमा क्षति पु¥याइदिएका छन् । नुवाकोट बन्दका कारण रसुवाबाट नुवाकोट हुदै काठमाडौ जाने यातायातका सधानहरु समेत प्रभावित भएका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here