भोटो देखाएर मच्छिन्द्रनाथको रथजात्रा समापन गरिँदै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

भोटो देखाएर मच्छिन्द्रनाथको रथजात्रा समापन गरिँदै

Share This
२४ जेठ । नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छीन्द्रनाथको रथजात्रा शुक्रबार भोटो देखाएर सम्पन्न गरिँदैछ ।

राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपति डाक्टर रामवरण यादवको उपस्थितिमा शुक्रबार बेलुका भोटो देखाइँदैछ । भोटो जात्राका क्रममा हनुमानढोका दरवारबाट गएको गुरुजुको पल्टनले हर्षबढाइ गर्नेछ भने नेपाली सेनाको टुकडीले सलामी दिनेछ ।


भोटो देखाउन ललितपुरकी जीवितदेवी कुमारीलाई पनि उपस्थित गराइन्छ । ललितपुरको पुल्चोकबाट सुरु भएको मच्छीन्द्रनाथको रथ गाःबहाल, मंगलबजार, सुन्धारा, चक्रबहील, लगनखेल हुँदै जाउलाखेल पु¥याइएको थियो ।

रातो मच्छीन्द्रनाथको रथसँगै जटाधारी लोकेश्वर मीननाथको पनि रथजात्रा गर्ने परम्परा छ । शुक्रबार भोटो देखाएर रातो मच्छीन्द्रनाथलाई खटमा राखेर बुंगमतीमा मन्दिरमा पु¥याइन्छ । यसैबीच सरकारले भोटोजात्राका अवसरमा शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here