चारधामको यात्रा गर्न गएका गैंडाकोटका ९ जना नफर्किएपछि गाउँ नै शोकाकुल (फोटा फिचर) - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

चारधामको यात्रा गर्न गएका गैंडाकोटका ९ जना नफर्किएपछि गाउँ नै शोकाकुल (फोटा फिचर)

Share This
ऋषिकेश–बद्रीनाथ–केदारनाथको तीर्थ यात्रामा निस्केका नवलपरासी गैंडाकोटका ९ जना तिर्थयात्री बेपत्ता भएपछि सिंगो गाउँ नै शोकमा डुवेको छ ।
तीन साता अघि गैंडाकोटबाट भारतको तीर्थ यात्रामा निस्केकाहरुको हालसम्म केहि अत्तोपत्तो नभएपछि पुरै गाउँ शोकमा डुवेको हो ।

गत जेठ १९ गते गैडाकोट वडा नम्बर १ का नेत्र प्रसाद पौडेल, बिष्णुकला पौडेल, किर्तिनाथ चालिसे, जमुना चालिसे, हरिस चालिसे, देबनारायण चालिसे, हिरादेबी चालिसे, इश्वरादेबी लम्साल र रामकला पौडेल बद्रीनाथ–केदारनाथको तीर्थ यात्रामा गएका थिए । उनिहरुमध्ये चालिसे परिवार एकै घरका सदस्य हुन् । त्यस्तै नेत्र प्रसाद पौडेल र बिष्णुकला पौडेल पनि एकै घरका सदस्य हुन् ।

उनिहरुको खोजीको लागी केही दिन अघि गाउँबाट सात जना युवा भारत तर्फ गए पनि भेटिएका छैनन् । तीर्थयात्राको क्रममा उत्तराखण्डको बद्री धाम नजिक पाण्डुसकेश्वरमा भीÈण्ँ बाढीपहिरोका कारण उनिहरु बेपत्ता भएको अनुमान गरिएको छ ।

किर्तिनाथ चालिसेका छोरी सरस्वती आचार्यले आफ्ना बुबा आमाको अवस्था पत्ता लगाइदिन सरकारसँग आग्रह गरेकी छन् । अर्का छिमेकी पौडेल परिवारमा पनि आफ्ना अभिभावक बेपत्ता भएपछि सन्नाटा छाएको छ ।

पौडेल परिवारका तीनजना छोरीहरु बुवाआमाको बाटो हेरेर बसिरहेका छन् । उमेरले असी काटेका पौडेलकी आमाका अघि आखाभरी आसु बोकेर भक्कानीनुबाहेक कुनै बिकल्प छैन । तैपनि रामकला पौडेल भगवानले छिटै घर फर्काइदिने आशमा बसेकी छन् ।

चारधाम तिर्थयात्राका लागि जेठ १९ मा नेपालबाट निस्केका उनीहरु गंगासागरदेखि यमुनेत्री, गंगोत्री, केदारनाथ पुगेर बद्रीनाथ तर्फ गइरहेको अवस्थामा पाण्डुकेश्वर भन्ने ठाउँमा फसेका हुन सक्ने अनुमान छ ।

चारधाम निस्किएका आफन्त फर्किने आशामा शोकाकुल आफन्तजनका फोटोहरु

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here