दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफी क्रिकेटको सेमीफाइनलमा प्रवेश - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफी क्रिकेटको सेमीफाइनलमा प्रवेश

Share This
१ असार । दक्षिण अफ्रिका जारी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सेँफिया गार्डेनमा शुक्रबार राति भएको समुह बि अन्तर्गतको दक्षिण अफ्रिका र वेस्ट इन्डिजविचको खेल बिना नतिजा टुङगिएको छ । डकवर्थ लुइस निमयका आधारमा खेलाइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ३१ ओभरमा ६ विकेट गुमाउदै २ सय ३० रनको योगफल तयार पारेको थियो ।

दक्षिण अफ्रिकाका लागी कोलिन इन्ग्रामले सर्बाधिक ७३ रन, डेभिड मिल्लरले ३८ रन, एबि डि भिलियर्सले ३७ रन तथा फाफ डु प्लेसिसले ३५ रनको योगदान दिएका थिए । दक्षिण अफ्रिकाको पारी ध्वस्त पार्ने क्रममा वेस्ट इन्डिजका लागी ड्यान ब्रँभोले २ विकेट तथा रबि रामपाउल, मार्लोन सामुयल्स र केइरोन पोलार्डले समान एक—एक विकेट लिएका थिए ।

जवाफी मैदानमा ब्याटिङ गरेको वेस्ट इन्डिजले २६ दशमलब १ ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन बनाएको स्थितीमा वर्षा भएपछि खेल स्थगित गरिएको थियो । वेस्ट इन्डिजनका लागी मार्लोन सामुएल्सले ४८ रन, क्रिश गेइलले ३६ रन तथा डेभोन स्मिथले ३० रन बताएका थिए ।

खेल स्थगित भएपछि दुवै टिमले समान एक—एक अंक बाडेका छन । समुह बि मा रहेको दक्षिण अफ्रिका र वेस्ट इन्डिजको समान तिन—तिन अंक भएपनि रन रेटको आधारमा दक्षिण अफ्रिका अन्तिम चारमा पुगेको हो । यहि समुहबाट भारत यस अघि नै सेमिफाइनलमा पुगिसकेको छ । प्रतियोगिता अन्तर्गत शनिबार भारत र पाकिस्तानविच खेल हुदैछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here