पूर्व राजा ज्ञानेन्द्र शाहबाट हेटौडाका विभिन्न मन्दिरमा पूजा अर्चना

३ असार । धार्मिक भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहले सोमबार हेटौँडाका विभिन्न मन्दिरमा पूजा अर्चना गर्नुभएको छ ।

पुर्व राजा शाहले आज हेटौँडा–९ मा रहेको चक्रवर्ति गुम्बा, हेटौडा–४ मा रहेको कृष्ण प्रणामी मन्दिर र हेटौँडा–१० मा रहेको भुटनदेवी मन्दिरमा पुजा गर्नु भएको हो ।

पुर्व राजा शाह बाराको सिमराबाट हेटौडा आइपुग्दा शाहका समर्थकहरुले भव्य स्वागत गरेका थिए । शाह बुद्धचोक पैदल यात्रामार्फ भुटनदेवी मन्दिरसम्म पुग्नुभएको थियो । शाहले पैदलयात्रा गर्दा समर्थकहरुले राजा आउ देश बचाउ भन्ने नारा लगाएका थिए । शाह हेटौडामा रहदा राप्रपा नेपालका अध्यक्ष कमल थापापनि साथमै हुनुहुन्थ्यो ।

यसअघि उनको स्वागतार्थ गठित एकहजार १ सय ११ सदस्यीय मूल आयोजक समितिले हेटौँडाका विभिन्न भागमा स्वागत गेट बनाईएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...