तनहुँमा घ्यूकुमारीको ब्यवसायीक खेती शुरु

सुमन बन्दु भण्डरी
१९ जेठ । तनहुँमा  ब्यावसायीक रुपमा घ्युकुमारी खेती सुरु गरिएको छ ।
जिल्लाको ब्यास नगरपालिका ३ का भानुभक्त सोती तथा स्याम्घा ६ मादिवेसीका शान्तराम न्यौपाने मिलेर सामूहिक रुपमा घ्युकुमारीको व्यवसायीक खेती गरेका हुन् ।


युवाहरु कृषि पेशालाई छोडर विदेश जाने क्रम बढेको वर्तमान अवस्थामा  दुई युवाले करिव ६ लाखको लगातमा  ब्यावसाय शुरु गरेको जनाइएको छ । ब्यास नगरपालिका– ३ सेरास्थित करीब १० रोपनी जग्गामा वार्षिक १० हजार रुपैयाँमा भाडामा लिएर प्रति विरुवा ४० रुपैयाँका दरमा १० हजार घ्युकुमारीको विरुवा रोपिएको शान्तराम न्यौपानेले वताउनु भयो । युवा पुस्ताले कृषि क्षेत्रतर्फ खासै चासो नदिई विदेशीएका र आफुहरुले केही गर्नु पर्छ भन्ने उदेश्यले व्यवसायिक खेती सुरु गरिएको उनीहरुले बताएका छन् ।

सरकार लगायत सरोकारवाला निकायले समेत सहयोग गरेमा थप १ लाख ५० हजार लगानी वृद्घि गरी ब्यासायलाई वृद्घि गर्ने लक्ष्य आफुहरुको रहेको अर्का युवा ब्यासायी भानुभक्त सोतीले वताउनु भयो ।

घ्यूकुमारीबाट कस्मेटीकका सामाग्री बनाउनुका साथै आयुवेद्घिक औषधी तथा एलोभेरा जुस बनाउन सकिन्छ । यसका धेरै फाइदा हुँदा हुँदै पनि आफूहरु अनविज्ञ रहेकाले व्यवसायीहरुको भनाइ छ । घ्युकुमारी रोपेको ६ महिनामा विरुवा विक्रि गर्न सकिने र १३ महिनामा पात विक्रि गर्न सकिन्छ । कम मिहिनेत बाट लाभ धेरै लिन सकिने भएकाले वेरोजगार युवा पुस्ताहरुलाई कृषि पेशा तर्फ प्ररित हुने उनीहरुले आग्रह गरेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...