१० असार । एभरेष्ट ग्रुपका मजदुरहरूले जनकपुरस्थित प्रशासनिक कार्यालयमा तालाबन्दी गरेका छन् ।
११ बुँदे माग आन्दोलनरत कर्मचारीहरूले कार्यालयमा तालाबन्दी गरेपछि एभरेष्ट सुगर मिल, एभरेष्ट कागज उद्योग, प्लाईउड इन्डष्ट्रिजलगायतका अन्य उद्योगहरूको दैनिक प्रशासनिक काम ठप्प भएको छ । एभरेष्ट पेपर मिल दैनिक कागज उत्पादन गर्ने नेपालकै सबैभन्दा ठूलो उद्योग हो ।
मिलले दैनिक ३० लाख थान कागज उत्पादन गर्ने गरेको छ । मिलमा ६ सय कर्मचारी तथा मजदुर कार्यरत छन् । व्यवस्थापनले भने कारखाना सञ्चालन गरी वार्तामा आएर समस्या समाधान गर्न मजदूरहरूलाई आग्रह गरेको छ । मजदुरहरूले श्रम ऐन अनुसार ज्याला निर्धारण गर्नेुपर्ने, तलबमा २५ प्रतिशत वृद्धि गर्नुपर्ने, जीवन बिमा ७ लाख हुनुपर्ने, उपदानको व्यवस्था हुनुपर्नेलगायतका माग राखेका छन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

एभरेष्ट ग्रुपका मजदूरहरुबाट कम्पनीमा तालाबन्दी
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment