प्रथम राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिताका शुरु, अध्यक्ष रेग्मीबाट उद्घाटन - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

प्रथम राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिताका शुरु, अध्यक्ष रेग्मीबाट उद्घाटन

Share This
३१ जेठ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीले शुक्रबार प्रथम राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिताको औपचारिक उघाटन गर्नुभयो ।
राष्ट्रिय खेलकुद परिषद् द्रारा गठित विद्यालय खेलकुद विकास बोर्डको तत्वाधानमा
एनप्याब्सन, प्याब्सन र हिसानद्रारा सयुत्त रुपमा आयोजित खेलकुद प्रतियोगितामा १३ खेल समावेश गरिएको छ । एनप्याब्सनको आयोजन गर्ने भनिएको एथलेटिक्स, क्रिकेट र कबड्डीका सम्पुर्ण खेलहरु सम्पन्न भइसकेको छ । यता हिसानले बास्केटबल, भलिबल, बुद्धिचाल, पौडी र टेबलटेनिस सञ्चालन गर्नेछ ।

त्यस्तै, प्याब्सनले बाघचाल, कराते, फुटबल, ब्याडमिन्टन र उसुका खेलहरु खेलाउनेछ । ब्याडमिन्टन, टेबलटेनिस, बाघचाल, बुद्धिचाल र पौडीमा खुल्ला भएका कारण खेलाडीहरुले स्वतह प्रतियोगिता खेल्न पाउनेछन । यता अन्य खेलहरुको हकमा भने जिल्ला र क्षेत्रीय स्तरबार छनोट हुन सफल खेलाडीहरुरुमात्र सहभागीता जनाउन पाउनेछन् । विद्यालय स्तरबाटै प्रतिभावान खेलाडी पहिचान गर्ने उद्देश्यका साथ राखेपले
पहिलोपटक विद्यालय खेलकुदको अवधाराणलाई अघि सारेको हो । प्रतियोगिता असार ४ गतेसम्म चल्नेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here