टर्कीमा तीन दिन देखि सरकार विरोधी प्रदर्शन जारी

२० जेठ । टर्कीमा तीन दिनदेखि सरकार विरोधी प्रदर्शन जारी रहेको छ ।

टर्कीको इस्तान्बुलको बेसिक्तास क्षेत्रमा भएको प्रदर्शन अराजक भएको अधिकारीहरूले जनाएका छन् ।

प्रदर्शनकारीहरूले सडक छेउका बारहरू भत्काउनुका साथै प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् । जवाफमा प्रहरीले अश्रुग्यासका सेल र पानीका फोहरा प्रहार गरेका छन् । प्रदशर्नका क्रममा हालसम्म १७ जना पक्राउ परेका छन् । गेजी पार्कस्थित ताक्सिम स्क्वायरलाई चौडा बनाउने सरकारी योजनाको विरोधमा प्रदर्शन भएको हो ।

टर्कीको राजधानी आङकरा, इस्तानबुल, बोदरम, कोन्यालगायतका शहरमा सरकार विरोधी प्रदर्शन फैलिएको छ । प्रधानमन्त्री तयाप इर्दोगानले अराजक प्रदर्शन तुरुन्त बन्द गर्न आह्वान गर्दै स्क्वायर पुन निर्माण गर्ने सरकारी योजना यथावत भएको जनाएका छन् । अमेरिकाले टर्कीमा जारी प्रदर्शनको तत्काल शान्तिपूर्ण तवरले समाधान खोजिनुपने बताएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...