सिरिया संकटका कारण विश्वका ६ वटा सम्पदा खतराको सूचीमा

७ असार । युनेस्कोले सिरियामा जारी सरकार र विद्रोहीबीचको संघर्षका कारण ६ वटा विश्व सम्पदालाई खतराको सूचीमा राखेको छ ।

संयुक्त राष्ट्रसंघको सांस्कृतिक संगठन, युनेस्कोको कम्बोडियामा बसेको वार्षिक बैठकले खतरामा परेका विश्व सम्पदाहरूको संरक्षण गर्नसमेत आह्वान गरेको छ ।

लगातारको संघर्षका कारण सिरियाका विश्व सम्पदाहरू ध्वस्त हुने भन्दै राष्ट्रसंघले चासो देखाएको हो । सरकारी सेना र विद्रँेहीको संघर्षका कारण दमास्कस, बोसरा, एलेप्पो, पाल्मीरालगायतका प्रँचिन शहरहरू खतरामा परेको युनेस्कोको सूचीमा उल्लेख छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...