कन्फेडेरेसन कपमा ब्राजील फाइनलमा, स्पेन र इटाली भिड्दै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

कन्फेडेरेसन कपमा ब्राजील फाइनलमा, स्पेन र इटाली भिड्दै

Share This
१३ असार । कन्फेडेरेसन कप फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा जीत हात पार्दै ब्राजील फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा उरुग्वेलाई पराजित गदै ब्राजिल जारी कन्फेडेरेसन कप फुटवल प्रतियोगिताको फाइनमा प्रवेश प्रवेश गरेको हो ।
बुधबार राति भएको खेलमा उरुग्वेलाई २–१ गोल अन्तरले हराउँदै ब्राजिलले फाइनलको यात्रा तय गरेको हो ।
बुधवार राति सम्पन्न खेलमा ब्राजिलले खेलको ४२औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि फ्रेडले गोल खाता खोलेका थिए । पहिलो हाफमा अग्रता लिएको ब्राजिलबिरुद्ध दोस्रो हाफको सुरुवातममै उरुग्वे खेलमा फर्किएको थियो । ४८ औं मिनेटमा उरुग्वेका काभनीले गोल गदै खेललाई बराबरीमा ल्याएका थिए । तर खेलको ८६औं मिनेटमा ब्राजिलका पाउलिन्होले गोल गदै नतिजा २–१ को स्थितीमा पु¥याए ।

खेलको पहिलो हाफमा ब्राजिलका गोलकिपर जुलियो सिजरले उरुग्वेको पेनाल्टी रोकेका थिए । डेभिव लुइजले उरुग्वेका क्याप्टेन डियगो लुगानोलाई लडाउपछि उरुग्वेले पेनाल्टी पाएको थियो ।

प्रतियोगिता अन्तर्गत बिहिवार दुई यूरोपेली राष्ट्र स्पेन र इटाली आमनेसामने हुँदैछन । समुह चरणमा सत प्रतिशत नजिता निकालेको स्पेन र समुह ‘ए’को उपविजेता बनेको इटाली चिरपरिचत प्रतिद्वन्द्व समेत हुन । स्पेन यूरो कपको बिजेता हो भने इटाली उपविजेता हो ।

ब्राजिलले आइतवार रियो द जेनेरियोमा हुने खेलमा स्पेन र इटालीबीचको बिजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here