सोमालियास्थित राष्ट्र संघको कार्यालयमाथि भएको आक्रमको महासचिव मूनबाट निन्दा

६ असार । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मूनले सोमालियास्थित राष्ट्रसंघको कार्यालयमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।

इस्लामिक लडाकु समूह अल शबाबले बुधबार गरेको कार बम विस्फोटमा १५ जनाको मृत्यु भएको थियो । महासचिव मूनले यस्ता आक्रमणले राष्ट्रसंघ आप्mनो कार्य र कर्तव्यबाट विचलित नहुने बताएका छन् । सोमालियामा राष्ट्र संघले आप्mनो कार्यालय पुनः स्थापना गरेपछि आक्रमण भएको हो ।

संयुक्त राष्ट्र संघले सन् २०१२ मा ७६ लाख मानिस शरणार्थी भएको तत्थ्याङक सार्वजनिक गरेको छ । राष्ट्रसंघका अनुसार यो तथ्याङक सन् १९९४ पछिको सबै भन्दा धेरै हो । राष्ट्रसंघको शरणार्थी निकाय युएनएचसीआरले शरणार्थीको संख्या बढ्नुमा मध्य–पूर्वको द्वन्द्वलाई मुख्य कारण भनेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...