चुनाव सफल पार्न असन्तुष्ट दललाई सहमतिमा ल्याउनुपर्छ: अर्जुननरसिंह केसी

८ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले चुनाव सफल पार्न असन्तुष्ट दलहरूलाई सहमतिमा ल्याउनुको विकल्प नभएको बताउनुभएको छ ।

काठमाडौमा शनिबार भएको कार्यक्रममा नेता केसीले मुलुकलाई निकास दिन चुनाव अत्यावश्यक रहेको भन्दै असन्तुष्ट दलहरूलाई सहमतिमा ल्याउन सरकार र मुख्य दलका शीर्ष नेताले तत्काल पहल गर्नुपर्ने बताउनुभएको हो ।

सरकार परिर्वतनको माग राखिए मंसिरमा चुनाव हुन नसक्ने भन्दै उहाँले अनावश्यक माग छाड्न पनि असन्तुष्ट दलहरूलाई आग्रह गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...