
राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपति डाक्टर रामवरण यादवको उपस्थितिमा शुक्रबार अपराह्न ललितपुरको जावलाखेलमा भोटो देखाइएको हो ।
भोटो जात्राका क्रममा हनुमानढोका दरबारबाट गएको गुरुजुको पल्टनले हर्ष बढाइँ गरेको थियो । यसैगरी नेपाली सेनाको एक टुकडीले सलामी दिएको थियो । भोटो देखाउन ललितपुरकी जीवित देवी कुमारीलाई पनि उपस्थित गराइएको थियो ।
ललितपुरको पुल्चोकबाट सुरु भएको मच्छिन्द्रनाथको रथ गाःबहाल, मंगलबजार, सुन्धारा, चक्रबहाल, लगनखेल हुँदै जाउलाखेल पु¥याइएको थियो । रातो मच्छिन्द्रनाथको रथसँगै जटाधारी लोकेश्वर मीननाथको पनि रथजात्रा गर्ने परम्परा छ । शुक्रबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्मती मन्दिरमा पु¥याउने परम्परा रहेको छ ।
No comments:
Post a Comment