इरानको राष्ट्रपतिमा इमाम हसान रोहानी विजयी

२ असार । इरानको राष्ट्रपतिमा इमाम हसान रोहानी विजयी भएका छन् ।

इरानको गृहमन्त्रालयका अनुसार हसान रोहानीले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरी निर्वाचित भएका हुन् । सुधारवादी एजेन्डा लिएर राष्ट्रपतिको चुनावमा लडेका रोहानीले मत परिणाम आएलगतै आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै आफ्नो विजय उग्रवादविरुद्धको संयमताको विजय भएको बताएका छन् ।

रोहानीले कुल मतमध्ये १ करोड ८० लाख मत प्राप्त गरेको जनाइएको छ । अर्का उम्मेदवार मोहम्मद बाकेर क्वालीवाफले १७ प्रतिशत मत प्राप्त गरेका छन् । कुल ५ करोड मतदाताको ७२ प्रतिशतले मतदान गरेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...