भारतमा बाढीले बगाएर १९ जनाको मृत्यु

३ असार । उत्तरी भारतमा आएको बाढीले बगाएर १९ जनाको मृत्यु भएको छ ।

भारतिय अधिकारीहरुका अनुसार, उत्तराखण्ड राज्यमा आएको बाढीले बगाएर १५ जनाको मृत्यु भएको छ । हिमाञ्चल प्रदेशमा समेत बाढीले बगाएर ४ जनाको मृत्यु भएको जनाइएको छ । बाढीका कारण हजारौं तिर्थयात्रीहरु अलपत्र परेका छन् । बाढीले पुलहरु समेत बगाएको जनाइएको छ । यता, भारतका हरियाना र पञ्जाव राज्यमा समेत बाढिले क्षति पु¥याएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...