च्याम्पियन्स ट्रफी क्रिकेटमा भारत र दक्षिण अफ्रिका सेमीफाइनलमा प्रवेश

२ असार । च्याम्पियन ट्रफी क्रिकेटअन्तर्गत भारत समूह ‘बी’ को विजेता तथा दक्षिण अफ्रिका उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार राति भएको खेलमा भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै समूह बी को विजेता बनेको हो । वर्षाका कारण खेल ४० ओभरमा छोट्याइएको थियो । डकवर्थ लुइस नियमअनुसार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ३९ दशमलव ४ ओभरमा सबै विकेटको क्षतिमा १ सय ६५ रनको योगफल तयार पारेको थियो । पाकिस्तानका लागि असाद साफिकले ४१ रन, मोहम्मद हाफेज र उमार एमिनले समान २७—२७ रन तथा मिस्बाह उल हकले २२ रनको योगदान दिएका थिए । पाकिस्तानको पारी ध्वस्त पार्ने क्रममा भुवनेश्वर कमार, इशान्त शर्मा, रविचन्द्र आश्विन र रविन्द्र जडेजाले समान दुई—दुई विकेट लिएका थिए । जवाफमा भारतले ब्याटिङ थाल्नु अघि नै वर्षा भएपछि डकवर्थ लुईसका आधारमा भारतलाई १ सय ५७ रनको लक्ष्य दिइयो । फेरि वर्षा भएपछि २२ ओभरमा १ सय २ रनको नयाँ लक्ष्य तोकियो । जुन, भारतले सहज रुपमा १७ बल बाँकी छँदा २ विकेटको क्षतिमा भेट्टायो । भारतका लागि शिखर धबनले सर्वाधिक ४८ रन, विराट कोहलीले २२ तथा रोहित शर्माले १८ रन जोडेका थिए । जितपछि यसअघि नै अन्तिम चारमा स्थान बनाइसकेको भारतले सबै खेल जितेर ६ अंक बनाएको छ । प्रतियोगिताअन्तर्गत आइतबार समूह ‘ए’ अन्तर्गत इंग्ल्याण्डले न्यूजील्याण्डको सामना गर्नेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...