चिनियाँ स्टेट काउन्सिलर याङ जेइची नेपाल आउँदै

१० असार । उप्रधानमन्त्रीको हैसियतमा चिनियाँ स्टेट काउन्सिलर याङ जेइची सोमबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।

जेइची दिउँसो ४ बजेपछि काठमाडौं आइपुग्ने चिनियाँ दुतावासले जनाएको छ । याङ जेइचीको उपस्थितिमा नेपाल र चीन सरकारबीच तीन महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुनेछ ।

मंगलबार दुईपक्षिय आथिर्क साझेदारी, चुनावमा चीन सरकारले गर्ने प्राविधिक सहयोग र सशस्त्र प्रहरी एकेडेमी निर्माणसम्बन्धि सम्झौतामा दुई देशका अधिकारीहरुले हस्ताक्ष गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

जेइचीले मंगलबार नै काठमाडौं चक्रपथ सुधार आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । पूर्वी एसियाली छिमेकी वर्माको भ्रमण सकेर नेपाल आउन लाग्नु भएका जेइचीले मंगलबार कार्यवाहक राष्ट्रपति परमानन्द झा र अध्यक्ष खिलराज रेग्मीलाई पनि भेट्ने गर्ने कार्यक्रम रहेको छ । उहाँ मंगलबार स्वदेश फर्किनु हुनेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...