शिक्षिकाले चुडाइन युकेजीमा पढ्ने बालिकाको कान (फोटो फिचर) - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

शिक्षिकाले चुडाइन युकेजीमा पढ्ने बालिकाको कान (फोटो फिचर)

Share This
असार । तपाँई आफ्ना छोराछोरी किन विद्यालय पठाउनुहुन्छ ? पढ्न । तर सबै विद्यालयमा पढाइ मात्र हुँदैन । पढ्न गएका विद्यार्थी नै असुरक्षित हुन्छन् । अरुबाट होइन पढाउने गुरुबाटै । विद्यार्थीलाई कुनै पनि बहानामा मानसिक तथा शारीरिक यातना दिनु अपराध हो । तर ललितपुरको जुगल स्कूल भने विद्यालय नभएर यातना गृहजस्तै सावित भएको छ।


स्कूल गएकी यश्मिरा बिस्टको कान नै च्यातियो। तर ललितपुर धापाखेलको जुगल बोर्डिङ स्कुलमा युकेजीमा पढ्ने ५ बर्षकी यश्मीरा विष्टको कानै च्यातिने गरि अरु कसैले तानेको होइन उनकी शिक्षिका राधा मिश्रले तानेकी हुन। धापाखेल भन्ने शब्द लेख्न नजानेको सजाय पाइन यश्मीराले। कानै च्यातियो उनको, यति सानो कुरामा।

सानी नानीको कानै च्यातिदिने शिक्षिका राधा मीश्र भने आइतबार विद्यालयमा भेटिइनन्। यी ५ बर्षे अबोध बालिका भने सन्चो भएपछि स्कुल जाने बताउँछिन्। विद्यालय प्रशासन पनि कमजोरी भएको स्वीकार्छ ।

शिक्षिकाले गरेको कमजोरीकै कारण विद्यालयको समेत वेइज्जत भएको विद्यालय प्रशासनको भनाई छ। तर शिक्षिकालाई भने विद्यालयमा नै राखिरहने बताउँछ प्रशाशन।
विद्यालय भनेको बालबालिकाले सिक्ने ठाउँ हो। जीवन र जगतबारे ज्ञान पाउने थलोमा यश्मीरा जस्ता पुर्वप्राथमिक तहका बालबालिकालाई एउटा सामान्य शब्द लेख्न नजानेको निहुँमा कानै च्यातिदिनु सिधै बालअधिकारको समेत हनन हो। जुन काम दण्डनीय छ।

घाइते बालिकाको केही तस्बिरहरु ।














No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here