संविधानसभा चुनावको विरोधी नभएको बैद्यको दाबी

काठमाडौँ, ९ असार । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले आफूहरु संविधानसभा चुनावको विरोधी नभएको दोहोर्याउनु भएको छ ।

काठमाडौंमा ३३ दलीय मोर्चाले गरेको कार्यक्रममा अध्यक्ष बैद्यले चुनावको बिरोधी नभएर प्रक्रियाको विरोध गरेको बताउनु भएको हो । उहाँले चारदलले असंवैधानिक तरिकाबाट निर्दलीय सरकार गठन गरेको भन्दै यथास्थितिमा हुने चुनावले निकास नदिने जिकिर गर्नुभयो ।

अध्यक्ष बैद्यले ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ खारेज नभए सम्म संर्घषको कार्यक्रम जारी राख्ने बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले राजनैतिक असहमतिहरुलाई छलफलबाट अघि बढाउनु पर्ने बताउनु भयो ।

उहाले असन्तुष्ट दलहरूलाई चुनावमा भाग लिन आग्रह गर्नुभयो । महासचिव पोख्रेलले आन्दोलनरत दल चुनावमा सहभागिताका लागि मन्त्रिपरिषद् अध्यक्षले प्रधान्यायाधीश पदबाट राजीनामा दिनुपर्ने बताउनु भयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...