७ असार । असारको पहिलो साता आएको बाढी र पहिरोबाट सुदूरपश्चिमका छ जिल्लाका छ सय ७१ परिवार पूर्ण रुपमा विस्थापित भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय समन्वय समिति महेन्द्रनगरले दिएको जनाकारी अनुसार असार ३ र ४ गतेको बाढी र पहिरोबाट ६ जिल्लामा चारसय ८९ परिवारले क्षति व्यहोर्नु परेको छ ।
पहिरोमा परी बैतडीमा एकै घरका पाँचजनाको मृत्यु भएको छ भने महाकाली नदीमा बगेर कञ्चनपुरमा दुई, दार्चुलामा एक र पहिरोमा परी बैतडीमा एकजना हराइरहेका छन् । सबैभन्दा बढी महाकाली नदीमा आएको बाढीबाट दार्चुलामा तीन सय ५० परिवार पूर्ण रुपमा विस्थापित भएका छन् भने एकसय १३ परिवार बाढीको उच्च जोखिममा छन् ।
बाढीबाट सात सयभन्दा बढी परिवार प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । कैलालीमा बाढीबाट प्रभावित १२ गाविसका ९५ परिवार पूर्ण रुपमा विस्थापित भएको र एक सय ८२ परिवारले क्षति व्यहोरेका छन् । बाढीबाट कैलालीमा मात्रै दुई हजार आठ सय ५८ परिवार प्रभावित भएका छन् ।
यसैगरी, महाकाली नदीको बाढीबाट ७९ परिवार पूर्ण रुपमा विस्थापित, एक सय ७२ परिवारको आंशिक क्षति भएको र दुई हजार परिवार बाढीबाट प्रभावित भएका छन् । महाकाली नदीकै कारण डडेल्धुरामा ३० परिवार पूर्ण रुपमा विस्थापित भएका छन् भने २१ परिवारको घरमा आंशिक क्षति पुगेको छ । बाढीबाट ५० परिवार प्रभावित भएका छन् । बझाङगमा पहिरोबाट सात परिवार पूर्ण रुपमा विस्थापित भएको र एक परिवारको घरमा आंशिक क्षति पुगेको नेपाल रेडक्रसले जनाएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

बाढी-पहिरोबाट सुदूरपश्चिमका ६ जिल्लाका ६ सय ७१ परिवार पूर्ण विस्थापित
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment