उचीत फोहोर व्यवस्थापन नहुँदा सधैको किचलो

असार । २०६२ सालबाट काठमाडौं महानगरपालिकाले नुवाकोटको ओखरपौवा गाविस स्थित सिसडोल क्षेत्रलाई राजधानिको फोहोर फाल्ने डम्पिङ्ग साइड तोकेर फोहोर फाल्दै आएको छ । तर फोहर फालेपछि यसको व्यवस्थापनमा महानगरपालिकाको ध्यान नपुग्दा फोहोरकै कारण यो क्षेत्र समस्यग्रस्त बनेको छ ।

काठमाण्डौंको फोहर फाल्ने ओखरपौवामा बेला बेलामा यो क्षेत्रका मानिसहरु बिरामि पर्न थालेपछि डम्पिङ्ग साइडको बिरोधमा स्थानियबासी उत्रिने गरेका छन । उनीहरुलाई विरामी पर्नुको कारण डम्पि¨ साइट नै हो भन्ने लाग्ने गरेको छ तर सरकार र महानगरपालिका भने मौन छ । जथाभावि तरिकाबाट फालिएको फोहोरलाई थप ब्यवस्थित गर्नुपर्ने स्थानियबासीको माग छ ।

बर्गिकरण नगरि फालिएको फोहोरले यसको मात्रालाई मात्र बढाएको छैन्ँ पुरा गाँउनै फोहोरले दुर्गन्धित भएको छ । नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले गरेको अध्ययनले पनि फोहोरको मात्रा अत्याधिक बढे सगै दुर्घन्ध पनि बढेको प्रतिबेदनमा उल्लेख छ ।

हुन त, २०६२ सालमा डम्पिङ्ग साइड निर्माण गर्दा २ बर्षको लागीमात्र भनिएको थियो तर अहिले ८ बर्ष बितिसक्दा पनि फोहोर फाल्न छाडिएको छैन । त्यस्तै फोहोर फालिएको क्षेत्रबाट १५ सय देखि २ हजार मिटर सम्मको बस्ति हटाइनु पर्ने र उक्त क्षेत्रमा हरियाली कायम राख्नुपर्ने, अस्पताल, औद्योगिक क्षेत्र तथा सिसायुक्त बिषादि लगायतको फोहोर फाल्न नपाइने जस्ता बिषयमा महनगरपालिका र स्थानियबासि बिच सम्झौता भएको थियो । तर सम्झौता अनुसारको काम नभएको स्थानियको गुनासो छ । यता फोहोर मैला व्यवस्थापन प्रविधिक सहयोग केन्द्रले फोहोर बर्गिकरण नभएको स्विकारे पनि डम्पिङ्ग साइड तोकिएपछि आसपासमा बस्ति बसेको दावि गरेको छ ।

राजधानीको फोहोरले राजधानीबासीलाई मात्र समस्या होइन ओखरपौवाको ४, ५, ७ र ८ नंबर वडा, छत्रेदेउरालि गाविसको ९ र ६ र चाउथे गाविसको ४, ५ र ६ नंबर वडा पनि प्रभावित छ । तर फोहोर फाल्न थालेपछि त्यहाका स्थानियको अवस्था प्रति कसैको ध्यान गएको छैन । फोहोर र दुर्धन्ध सगै स्वच्छ खानेपानिका समेत अभाव रहेको यो क्षेत्रमा खानेपानिको व्यवस्था सगै अस्पतालको समेत स्थानियले पटक पटक माग गर्दै आएका छन् । तर सुनुवाई भने अहिले सम्म भएको छैन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...