ब्राजिलमा प्रदर्शन रोक्न सेना परिचालन गर्ने तयारी

४ असार । ब्राजिल सरकार विरोधी प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले सेना परिचालन गर्ने तयारी गरेको छ ।

उचित सार्वजनिक सेवाको माग गर्दै लाखौं प्रदर्शनकारीहरु सडकमा उत्रिएपछि सरकारले विभिन्न ५ वटा शहरमा सेना परिचालन गर्ने तयारी गरेको हो ।

रियो दि जेनेरियो, मिनास गिराईस, बाइया, सेरा लगायतमा राष्ट्रिय सुरक्षाबलका सेना परिचालन गर्ने तयारी भएको ब्राजिलको न्याय मन्त्रालयले जनाएको छ । ब्राजिलमा सार्वजनिक सेवामा सुधार माग र विश्वकप फुटबल तयारीमा अत्याधिक खर्च गरेको आरोपमा साता देखी प्रदर्शन चल्दै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...