व्यवसायीको आन्दोलन फिर्ता, खाने पानी आपूर्ति सुचारु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

व्यवसायीको आन्दोलन फिर्ता, खाने पानी आपूर्ति सुचारु

Share This
१६ असार । चार दिनदेखि बन्द गरेका खाने पानी व्यवसायीहरुले पानी आपूर्ति सुचारु गरेका छन् ।
सरकार र व्यवसायीहरुबीचको वार्तापछि पानी आपूर्ति सुचारु गर्ने सहमति भएको उपत्यका खाने ट्याङ्क तथा बोरिङ्ग व्यावसायी संघका संरक्षक सुमन पाठकले जनाउनुभयो ।
व्यवसायीका माग सम्बोधन गर्न सरकारले एक कार्यदल गठन गर्ने भएपनछ आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको हो । व्यवसायीहरुले ट्याङकर आयातमा भन्सार छुट दिनुपर्ने, दर्ता भएका उद्योग सार्दा वा बन्द गर्दा क्षतिपूर्ति दिनुपर्ने, विभिन्न समस्याले बन्द उद्योग तत्काल सञ्चालनमा ल्याउनुपर्ने, स्थानीयस्तरबाट आउने हस्तक्षेप रोक्नुपर्ने र स्वीकृत स्रोतलाई हचुवाका भरमा बन्द गर्न नहुने, व्यवसायीको स्तर वृद्धि, उद्योग तथा ट्यांकर स्थानान्तरणमा उचित क्षतिपूर्ति लगायतका माग राखेका थिए ।

आन्दोलित हुनेहरुमा उपत्यका खानेपानी स्रोत तथा ट्याङ्कर व्यवसायी संघ, नेपाल बोटल वाटर उद्योग संघ, उपत्यका खानेपानी ट्याङ्कर तथा वोरिङ व्यवसायी संघ र अखिल नेपाल यातायात मजदुर संघ ट्याङ्कर मुल समितिले संयुक्त रुपमा ढुवानी, बिक्री बितरण ठप्प पारेर थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here