ट्वान्टी ट्वान्टी क्रिकेटमा न्यूजिल्यान्ड विजयी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

ट्वान्टी ट्वान्टी क्रिकेटमा न्यूजिल्यान्ड विजयी

Share This
१२ असार । इंग्ल्यान्ड विरुद्धको पहिलो ट्वान्टी ट्वान्टी क्रिकेटमा न्यूजिल्यान्ड ५ रनले विजयी भएको छ ।

मंगलबार राती ओभलमा भएको खेलमा २ सय २ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्ड ५ विकेट गुमाउदै १ सय ९६ रनमा समेटिएको थियो ।

आईसीसी च्यापियन्स ट«फीको फाइनलमा पनि इंग्ल्यान्ड भारतसँग ५ रनले नै पराजित भएको थियो । पहिला व्याटिङ गर्दै न्यूजिल्यान्डकालागि व्यान्डम म्याकुलमले सर्वाधिक ६८ रनको योगदान गरेका थिए । ह्यामिस रुथफोर्डले ६२, र रोस टेलरले आउट नभई ३२ रन बनाएका थिए ।

२ सय २ रनको चुनौतिका साथ मैदान आएको इंग्ल्यन्डकालागि लुक राइटले सर्वाधिक ५२ रन बनाए पनि हार टार्न भने सेकेनन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here