२४ जेठ । पाँचथर जिल्ला कारागारमा कैदी बन्दीबीच झडप भएको छ ।
चौकीदार बन्ने विषयमा वन्दीहरु दुई समूहमा विभाजित भएपछि शुक्रबार दिउँसो झडप भएको हो । चौकीदार कमल तामाङ र सह नाईके सुवास लिम्बूको समुहमा विभाजित बन्दीवीच खाना पछि विवाद हुदा झडपको स्थिति उत्पन्न भएको हो ।
झडपमा बन्दीहरु रविन राई र सुवास थोक्लिहाङ घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । घटनमा संलग्नमध्य प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । मोहन घिसिङ, सन्तोष सुवेदी ,विरेन राई , सनिल तामाङ र कमल तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक दीपसमसेर राणाले जानकारी दिनुभयो ।
घटनापछि कारागारमा ठूलो संख्यामा जनपथ र ससस्त्र प्रहरी परिचालन गरिएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

पाँचथर जिल्ला कारागारमा कैदीबीच कुटाकुट
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment