बर्तमान राजनीतिक अवस्थाप्रति पूर्वराजा ज्ञानेन्द्रको चासो

५ असार । पूर्व राजा ज्ञानेन्द्र शाहले बर्तमान राजनीतिक अवस्थाप्रति गम्भिर चिन्ता र चासो व्यक्त गर्नुभएको छ ।

धार्मीक भ्रमणका क्रममा जनकपुर पुग्नुभएका पुर्वराजा शाहले जनकपुरको तिरहुतियागाछिमा भएको अभिनन्दन समारोहमा राम्रो र मिठो नारा दिएपनि मुलुकका विकसित घट्नाक्रम उराठलाग्दो भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।

उहाले रुप फेरिदैमा केही नया नवन्ने भन्दै गणतनत्रप्रति घुमाउरो भाषामा असन्तुष्टि जनाउनुभयो । शाहले अहिलेको अवस्थामा कसैलाई निषेध गरेर जाने भन्दा पनि सवै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पुर्व राजा शाहाले आफुले नारायणहिटी छोडेर केही गर्छौ भन्नेहरुलाई मार्गप्रशस्त गरेपनि सोचेअनुरुप केही नभएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । शाहले देशको अवस्थाप्रति सचेत नागरिक जस्तै आफु पनि चनाखो भएको भन्दै विधिको व्यवस्थामा कसैलाइ काखा र कसैलाई पाखा गर्न नहुने धाराणा राख्नुभयो ।

करिव दश मिनेट लिखित मनतब्य दिनुभएका शाहले युवा विदेश पलायन रोक्नुपर्ने र महिलालाई सीप सिकाउनुपर्ने भन्दै देशमै रोजगारीका प्रशस्त सम्भावना रहेको धारणा राख्नुभयो । यसअघि शाहले जानकी मन्दिरमा पुजा आजा गर्नुभएको थियो । शाहलाई जनकपुरवासी हेलिकोप्टरबाट पुष्पगुच्छाले स्वागत गरेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...