भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या १ सय ३१ पुग्यो

५ असार । भारतको उत्तराखण्डमा आएको बाढीले बगाएर मृत्यु हुनेको संख्या एक सय ३१ पुगेको छ ।

उत्तराखण्डको केदारनाथमा मात्रै ५० जनाको मृत्यु भएको छ । चारधामको यात्रामा गएका ६० हजार भन्दाबढी तीर्थयात्री अलपत्र परेका छन् । केदारनाथको मुख्य मन्दिर बाहेक सम्पूर्ण क्षेत्र बाढीले बगाएको छ ।

त्यस्तै, उत्तर प्रदेशको साहारापुर जिल्लामा समेत २२ जनाको मृत्यु भएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...