माथिल्लो त्रिशुली ‘थ्रि ए’को २० प्रतिशत हकप्रद शेयर आयोजनाबाट प्रभावितलाई दिनुपर्ने

७ असार । निर्माणाधिन माथिल्लो त्रिशुली थ्रि ए जलविद्युत आयोजनाबाट प्रभावित वासिन्दालाई कम्तिमा २० प्रतिशत हकप्रद शेयर र सामाजिक सुरक्षा क्षेत्रको लगानी बढाउन नेकपा माओवादीले आग्रह गरेको छ ।

नेकपा माओवादी नुवाकोट रसुवाले सयुक्त रुपमा उर्जा मन्त्रालय र आयोजनाको निर्माण कम्पनी चाइना गेजुवा गु्रप कम्पनीलाई विज्ञप्ती बुझाउदै प्रभावित क्षेत्रका वासिन्दाको भविष्य सुनिश्चित गर्न कम्तिमा २० प्रतिशत हकप्रद शेयर र अतिप्रभावितलाई १ प्रतिशत निशुल्क शेयरको ग्यारेण्टी गर्न माग गरेको छ ।

रसुवाको डाँडागाँउमा बाँध र नुवाकोटको मनकामनामा निर्माण गृह रहने परियोजनाबाट प्रभावित पाँच गाविसका वासिन्दालाई निशुल्क विद्युत सेवा, उच्चमाविसम्मको अध्ययन स्वास्थ्य सेवा र सामाजिक सुरक्षा शिर्षकमा वार्षिक १ करोड रुपैयाँ लगानी गर्न माग गरेको छ ।

नेकपा माओवादीले प्रभावित वासिन्दालाई अधिकतम अबशर प्रदान गर्न सार्वजनिक सुनुवाईमा गरिएको सम्बोधन कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ । माओवादीले ६० मेगावाटको माथिल्लो त्रिशुली थ्रि ए आयोजना निर्माणको सुरुङ खन्दा जोखिममा पुगेको रसुवा ठूलोगाँउ र डाँडागाँउका १ सय २४ घरधुरी स्थानन्तरण गर्न आग्रह गरेको छ । यस्तै, माओवालीले आयोजनालाई क्यु ४० मा १ सय ४६ मेगावाट बनाउन पनि माग गरेको छ ।

स्थानीयवासीलाई राहत पुग्न कार्यक्रम एक साताभित्र सार्वजनिक नगरे आयोजना निर्माणमा अबरोध पु¥याउने चेतावनी नेकपा माओवादीले दिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...