संविधानसभा चुनावको लागि आफू गम्भीर बनेको प्रचण्डको भनाइ


१९ जेठ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू संविधानसभा चुनावका लागि गम्भीरताका साथ लागेको बताउनु भएको छ ।

बारामा शनिबार भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले निर्वाचनको मिति तत्काल घोषणा गर्न एमाओवादीले सिफारिस समेत गरिसकेको दाबी गर्दै चुनाव नै निकासको एक मात्र विकल्प भएको बताउनुभयो ।

पछिल्लो समय देशमा भएको राजनीतिक अस्थिरताले उद्योग पलायन हुँदै जानु दुःखद भएको भन्दै अध्यक्ष प्रचण्डले उद्योगको विकास बिना देश विकास हुन नसक्ने धारणा राख्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...