२४ जेठ । कमलरी संघर्ष समितिले गरेको बन्दका कारण तराईका जिल्लामा शुक्रबार चौथो दिन पनि जनजीवन प्रभावित भएको छ ।
सरकारसगको बार्ता विनानिष्कर्ष टुङ्गिएपछि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिँदै शुक्रबार पनि बन्द जारी राखेको संघर्ष समितिले जनाएको छ । मुक्त कमलरीहरुले शुक्रबार दाङ, बाँके लगायतका जिल्लामा प्रदर्शन गरेका छन् ।
शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमनको विरोधमा उनीहरुले तराईका जिल्लामा प्रदर्शन जारी राखेका छन् । आम हडतालका कारण लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् ।
संघर्ष समितिले कमलरी हत्यामा संलग्नलाई पक्राउ गरी कारवाही गर्नु पर्ने, मृतकका परिवारलाई राहत तथा आनदोलनका क्रममा घाइते भएकाहरुको उपचारको व्यवस्था सरकारले गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गरेका हुन् । यसैबीच कैलालीमा भने आमहड्ताल फिर्ता लिएको संघर्ष समितिले जनाएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

लगातारको कम्लरीहरुको बन्दले तराईको जनजीवन प्रभावित
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment