पल्सर स्पोर्टस् अवार्ड २०६९ को मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

पल्सर स्पोर्टस् अवार्ड २०६९ को मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक

Share This
११ असार । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस् अवार्ड २०६९ को मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको छ । मञ्चले मंगलबार बर्षको उत्कृष्ट पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वाजनिक गरेको हो ।
बर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा क्रिकेटका पारस खड्का र वसन्त रेग्मी, फुटबलका भरत खवास, एथ्लेटिक्सका तिलकराम थारु तथा करातेका सुनिल लामा रहेका छन् । त्यस्तै बर्षका उत्कृष्ट महिला खेलाडी तर्फ फुटबलका जमुना गुरुङ र अनु लामा, करातेकी गंगादेवी अधिकारी, उसुकी झरना गुरुङ तथा पौडीकी श्रेया धिताल छन् ।

यसैगरी, बर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा पौडीका शिरिष गुरुङ, ब्याटमिन्टनका रत्नजित तामाङ, क्रिकेटका आकाश बिष्ट, उसुकी चाहना बम्जन लामा र फुटबलकी निरु थापा छन् । यता उत्कृष्ट प्रशिक्षक तर्फ क्रिकेटका पुबुदु दासानायेके, पौडीका वाङदेल लामा, उसुका युवराज गुरुङ, करातेका अकबर शाह र एथ्लेटिक्सका नरबहादुर शाही छन् । त्यस्तै, मञ्चले यसअघि नै सार्वजनिक गरेको चर्चित खेलाडीको मनोनयनमा क्रिकेटका पारस खड्का, पौडीका शिरिष गुरङ, एथ्लेटिक्सका केशरी चौधरी, उसुकी झरना गुरुङ र फुटबलका जगजित श्रेष्ठ छन् ।

अन्य तीन बिधा स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र उत्कृष्ट पारा एथलिटको अवार्ड भने कार्यक्रम स्थलमा नै प्रदान गरीनेछ । खेलकुद पत्रकार मञ्चले हरेक बर्È आठ बिधामा दिदै आएको पुरस्कार यस बर्È विश्व खेलकुद पत्रकार दिवस पारेर असार १८ गते प्रदान गर्दैछ । मञ्चका सचिव प्रकाश तिमल्सिनाको संयोजकत्वमा रहेको ६ सदस्यीय खेलाडी छनौट समितिले मनोनयनमा परेका खेलाडीको सुची तयार पारेको हो । मनोनयन गर्दा खेलाडीको प्रदर्शन, प्रदर्शनका आधारमा प्राप्त भएका सफलता र प्रतियोगिताको स्तरलाई मुख्य आधार बनाएको समितिले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here