बाजुराको कोटीला गाविसमा भेटिएको सुना चाँदी सार्वजनिक (फोटो फिचर) - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बाजुराको कोटीला गाविसमा भेटिएको सुना चाँदी सार्वजनिक (फोटो फिचर)

Share This
कृष्ण ओली ।
७ असार । बाजुराको कोटीलास्थित विरसैनमा भेटीएको ६ तोला सुन सहित तामा र चाँदीको धातु विहीबार प्रहरीले सार्वजनिक गरेको छ ।
गएको जेठ ३० गते गाउँ नजिकैको ठाडागाउँ जंगललमा बच्चाहरुले गाईबस्तु चराउन गएका बेलो सुन चाँदी सहितको अचल धातु भेटाएका थिए ।


स्थानीय कर्णवीर चदाराको १३ वर्षको छोरा नेत्रलाल चदारा र मेघे चदाराको १३ वर्षको छोरा टोप चदाराले खानेपानीको ट्याङ्की वरिपरी नहर खनेर खेलिरहेको बेला सुना चाँदी फेला पारेका थिए ।
फेला पारिएका मध्ये २० थान सुनका गहना (६ तोला दुई आना), चाँदी जस्तो देखिने (१ केजी १५ तोला आठ आना), काँचका कचउरा तीन थान, तामाको एउटा गाग्रीलगायतको सामाग्री सार्वजनिक गरिएको हो । भेटीएको धातुलाई स्थानीयले भागभण्डा गर्दा एक आपसमा कुरा नमिलेपछि विमान स्थल सुरक्षा गार्ड कोल्टीमा उजुरी दिइएको आधारमा प्रहरीले समान नियन्त्रणमा लिएको थियो । स्थानीय दलित र गैर दलितले पुजा गर्दै आएको मन्दिर नजिकै फेला पारेकोले सुना चाँदी लगायतको सामान बर्षौँ पुरानो हुन सक्ने नावय उपरिक्षक जनकराज पाण्डेले बताउनुभयो ।

फेला पारिएका समान राज्यको स्वामित्वमा आए पनि कसको नियन्त्रणमा रहने भन्ने विषयमा माथिल्लो निकायलाई खबर गरिसकेकोले सोहि निर्णयका आधारमा बुझाउने प्रहरी नायव उपरिक्षक पाण्डेले जानकारी दिनुभयो । पाण्डेले बताउनुभयो– सम्भवतः यो भेटिएको सामान पुरातात्विक वस्तु भएकाले पुरातात्व विभागको संरक्षणमा रहन्छ ।’
प्रहरीले सार्वजनिक गरेका सामानहरु















No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here