हुम्लाको मुचुमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना

५ असार । हुम्लाको मुचु गाविसको तुमकोटमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घट्ना भएको छ ।


हिल्साबाट सदरमुकाम सिमकोटका लागि उडेको हेलिकोप्टर साँझ पाँचबजे दुर्घट्ना भएको हो । हेलिकोप्टरमा ६ जना यात्रु थिए । दुर्घटनामा हेलिकोप्टरमा क्षति भए पनि मानवीय क्षति नभएको खबर प्राप्त भएको छ । घट्नास्थल पुग्न सदरमुकामबाट दुइ दिन लाग्छ । हेलिकोप्टर रसियन नागरिक डेभिडले उडाएको बुझिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...