प्राकृतिक स्रोत व्यवस्थापनको स्वामित्व समुदायलाई दिनुपर्छ: नेताहरु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

प्राकृतिक स्रोत व्यवस्थापनको स्वामित्व समुदायलाई दिनुपर्छ: नेताहरु

Share This
१६ असार । प्रमुख दलका नेताहरुले अब बन्ने संविधानमा प्राकृतिक स्रोत व्यवस्थापनको स्वामित्व र अधिकार स्थानीय समुदायलाई दिलाउन पहल गर्ने बताएका छन् ।
काठमाडौमा आइतबार भएको कार्यक्रममा प्रमुख दलका नेताहरुले प्रकृतिक स्रोत विना अर्थतन्त्र विकास नहुने भन्दै अबको संविधानमा प्राकृतिक स्रोत व्यवस्थापनको स्वामित्व र अधिकार स्थानीय समुदायलाई दिलाउन पहल गर्ने बताएका हुन् ।

कार्यक्रममा नेपाली काग्रेसका नेता डा.प्रकाशशरण महतले प्राकृतिक स्रोतहरुको परिचालन, संरक्षण र उपयोग समुदायले गर्दा बढि प्रभावकारी विचार व्यक्तगर्नुभयो । नेकपा एमालेका नेता प्रदिप नेपालले प्राकृतिक स्रोतमा स्थानीयको अधिकार स्थापित गर्न आफ्नो पाटीले निर्वाचन घोषणापत्रमै सो विषय समेट्ने बताउनुभयो ।

यसैगरी कार्यक्रममा एनेकपा माओवादीका नेता खिमलाल देवकोटाले प्राकृतीक स्रोत र जनशक्ति विना संबृद्ध नेपाल सम्भव नरहेको भन्दै प्राकृतिक स्रोत सार्वभौम जनताको मौलिक अधिकारभित्र पार्न पहल गर्ने बताउनु भयो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here