तराईमा कम्लरीहरुको बन्द यथावत, जनजीवन कष्टकर - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

तराईमा कम्लरीहरुको बन्द यथावत, जनजीवन कष्टकर

Share This
२२ जेठ । सरकार र कमलरी संघर्षसमितिको वार्ता निष्कर्षविहीन भएपछि तराई बन्द बुधबार पनि जारी छ ।

मंगलबारबाट गरिएको अनिश्चितकालीन तराई बन्दको प्रभाव सबैभन्दा बढी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा परेको छ । बन्दका कारण ती जिल्लाका बजार, यातायात, शिक्षण संस्थालगायत ठप्प छन् । कमलरीहरूले बुधबार पनि विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् ।

उनीहरूले राजधानीलगायतका स्थानमा धर्नाका क्रममा प्रहरीले दमन गरेको भन्दै गृहमन्त्री माधवप्रसाद घिमिरेको राजीनामा मागेका छन् । उनीहरूले प्रहरी निरीक्षक निशान थापालाई पनि कारबाहीको माग गर्दै नाराबाजी गरेका छन् । यसैबीच जायज माग राख्दै सिंहदरबार अगाडि धर्नामा बसेका मुक्त कमलरीहरूलाई प्रहरीले निर्घात कुटपिट गरेपछि आन्दोलन देशव्यापी बनेको छ ।

प्रहरी ज्यादतीको विरोधमा कमलरी प्रथा उन्मुलन समितिले आह्वान गरेको बन्दका कारण मंगलबार तराइका २२ जिल्लाको जनजीवन प्रभावित बन्यो । न्याय र अधिकार माग्दै ९ दिनदेखि राजधानीमा धर्ना बसिरहेका कमलरीहरूले न न्याय पाएका छन, न अधिकारकर्मीको साथ ।

मानव अधिकार, महिला अधिकार, समावेशी भन्दै तारे होटलका महंगा मञ्चमा भाषण गर्नेहरू खोई कहाँ छन् ? प्रहरीको कुटाइबाट घाइत भएका ५ कमलरीको अवस्था अझै गम्भीर छ । महिला अधिकारकै लागि दर्जनौं एनजीओले वर्षेनी करोडौं सक्ने यही देशमा अधिकार माग्दा लात्ती खाएका कमलरी भने उपचार नपाउने अवस्थामा पुगेका छन् । आइतबार भएको बल प्रयोगमा प्रहरीले गल्ती स्वीकार गरिसकेको छ । तर, कारबाही भने कसैलाई भएको छैन् ।

सरकार र कमलरी संघर्ष समितिबीच बुधबार दिउँसो पुनः वार्ता हुँदैछ । यसअघि, सिंहदबारमा मंगलबार साँझ महिला, बालबालिका तथा समाजकल्याणमन्त्री ऋद्धिबाबा जोशी नेतृत्वको टोलीसँग भएको वार्तामा कुरा नमिलेपछि बुधबार पुनः वार्ता हुन लागेको हो । संघर्ष समितिले मृतक परिवारलाई राहत तथा घाइतेलाई उपचार गराउनुपर्ने मागमा अडिग रहेपछि कुरो मिल्न नसकेको हो । संघर्ष समितिले आइतबार भएको प्रहरी दमनको छानबिन हुनुपर्ने, कमलरीका गहना र पैसा लुट्ने प्रहरीलाई कारबाही हुनुपर्नेसहित ६ बुँदे माग प्रस्तुत गरेको थियो । दाङ लालमटीयाकी सृजना चौधरीको ललितपुरमा कमलरी बसेकै अवस्थामा रहस्यमय मृत्यु भएपछि कमलरीहरू आन्दोलित भएका हुन । अहिलेसम्म कमलरीहरूमाथि भएका हत्या–हिंसाका घटनामा संलग्नलाई कारर्बाहीको माग गर्दै कमलरीहरूले आन्दोलन गर्दै आएका छन् । कमलरीको प्रदर्शन देशव्यापी बनेपछि सरकारले मंगलबार कमलरीहरूलाई वार्तामा बोलाएको थियो । वार्ता बुधबार दिउँसो १ बजे पुन बस्नेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here