काठमाडौँको मूलपानीमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप

७ असार । काठमाडौंको मूलपानी गाविस–१ स्थानीय बासिन्दा र सशस्त्र प्रहरीबीच झडप भएको छ ।

सशस्त्र प्रहरीको भवन निर्माणका लागि अधिग्रहण भएको जग्गा विवादमा स्थानीय र प्रंहरीबीच झडप भएको हो ।

स्थानीयले बनाएको गीता मन्दिरको परिसरमा सशस्त्र प्रहरीले तालिम केन्द्र बनाउँन जग खन्न सुरु गरेपछि विवाद बढेको थियो । सशस्त्रले तालिम केन्द्र बनउन मन्दिर परिसरमा १ सय १३ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

स्थानीय महिला पूजापाठका लागि जाँदा सशस्त्रले आफ्नो अधिनमा रहेको जग्गा भन्दै पूजापाठमा समेत रोक लगाएपछि स्थानीय र प्रहरीबीच झडप भएको हो । प्रहरीले आफ्नो अधीनमा रहेको जग्गामा नजान चेतावनी दिँदै लाठी चार्ज गरेको छ ।

स्थानीयबासी र सशस्त्र प्रहरीबीच झडप भएपछि केहीबेर तनावपूर्ण बनेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...