
खुकुरी प्रहारबाट पोखरी २ का ५५ बर्षीय ज्ञानबहादुर खड्का र उहाँका २४ बर्षिय छोरा डम्बर खड्का गम्भीर घाईते भएका छन् ।
परेवा खोज्ने निहुँमा खड्का बस्ने गाउँमा छिरेका पोखरी ३ का राजिव मल्ल र अमिर मल्लले उनीहरुमाथि घरमै गई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मल्लद्धयका बाबु यमबहादुर मल्लसंग सोहि दिन साँझ सामान्य विवाद भएको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । यद्यपि बिबाद के बिषयमा भएको भन्ने बारेमा एकिन हुन सकेको छैन । घाईते बाबु छोराको टाउको, हात, खुट्टा र शरिरका विभिन्न भागमा गम्भिर चोट लागेको छ । घाईते दुवैलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा रिफर गरिएको थियो ।
घाईते डम्बरका अनुसार परेवा खोज्ने निहुले गाँउ पसेका उनीहरुले आफ्ना बाबुसंग झगडा गर्ने कारण सोध्दै अन्धाधुन्द खुकुरी प्रहारगरी साथमा रहेको ४० हजार नगद लुटेर लगेको आरोप लगाएका छन् । डम्बर भने– ‘एक हप्ता पछि बैदेशिक रोजगारीका जान लागेको थिए, त्यसैको लागि जम्मा पारेको पैसा पनि लुटेर लगिदिए ।’
घट्नापछि खुकुरी प्रहार गर्ने दुबैजना फरार रहेका छन् भने प्रहरीले उनीहरुको खोजी जारी राखेको जनाएको ।


No comments:
Post a Comment