बिना अनुमति अर्काको जुँगा काटीदिंदा....

मान मर्यादा र पुरुषत्वको साथमा शानको पनि प्रतिकको रुपमा रहेको जुँगा यदि कसैले बिना अनुमति काटीदिन्छ भने कसैको पनि दिमाग तात्न सक्छ। तर जुँगा काटिदिएकै निहुँमा कसैले पनि कसैलाई मुद्दा नै चाहिं हाल्न सक्ला यो कसैले पनि सोच्न सायदै सक्लान। तर यस्तै एउटा घटना लण्डनमा सार्वजनिक भएको छ। यहाँका एकजोडी बाबुछोराले जुँगा काटिदिने अस्पतालको बिरुद्धमा मुद्दा दायर गरेका छन्।

भयो यस्तो कि ८४ बर्षीय रिटायर मेजर बिरामीका कारण अस्पतालमा भर्ना भएका थिए। जहाँ नर्सले बिशेष कारणबस उनको जुँगा काटीदिईन। तर यहि कुरालाई लिएर मेजर र उनका छोराको पारो तात्यो। बिना अनुमति अर्काको जुँगा काटिदिने भन्दै छोराले आवेगमा आएर अस्पतालको बिरुद्धमा मुद्दा पेश गरे। यता जुँगाको बिषयमा पुरा अस्पताल नै समस्यामा परेको छ। किनकि यहाँको कानुनअनुसार बिना अनुमति अर्काको जुँगा काट्नेलाई छ महिनासम्म जेल सजाय हुन सक्छ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...