राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य (विज्ञप्ती सहित)

१० असार । जापानमा उपचार गराइरहनुभएका राष्ट्रपति डाक्टर रामवरण यादवको स्वास्थ्यस्थिति सामान्य रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले राष्ट्रपतिको स्वास्थ्यबारे हालसम्म भएको जाँचमा सबै रिपोर्ट सामान्य देखिएको जानकारी दिनुभयो । राष्ट्रपतिको स्वास्थ्य परिक्षण गरिरहनुभएका अस्पतालका प्राध्यापक डाक्टर एवं अस्पतालका उपनिर्देशक तोसिआकी वाकानाबेलाई उधृत गर्दै टोकियोस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिको स्वास्थ्यबारे भएका सबै जाँच सामान्य रहेको जनाइएको छ । विज्ञप्तिमा राष्ट्रपति पूर्णतया स्वस्थ रहेको र साधारण दिनजस्तै खाना खान थाल्नुभएको उल्लेख छ । राष्ट्रपतिका प्रेस सल्लाहकार प्रवक्ता राजेन्द्र दाहालले पनि राष्ट्रपतिको स्वास्थ्यबारे सबै परीक्षण भएको र यहाँ भनिएजस्तो क्यान्सर नरहेको स्पष्ट पार्नुभयो । प्रवक्ता दाहालका अनुसार राष्ट्रपति यसै साता स्वदेश फर्कनुहुनेछ । ठूलो आन्द्रँमा क्यान्सर देखिएको आशंका पछि उपचारका लागि १० सदस्यीय टोलीका साथ यादव गत सोमबार जापान प्रस्थान गर्नुभएको थियो । यादवको जापानमा टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भैरहेको छ । झण्डै दुई महिनासम्म पखाला र खानामा रुचि लाग्न छाडेपछि यादवको काठमाण्डौको एक अस्पतालमा सिटिस्क्यान गराउँदा ठूलो आन्द्रामा दाग देखिएको थियो । दाग क्यान्सर भएको आशंकामा यादवलाई उपचारका लागि जापान लगिएको हो ।

प्रेस विज्ञप्तीको विवरण
Press Release on the Status of the Health of the Rt. Hon. President

Doctors attending on Rt. Hon. President Dr. Ram Baran Yadav who has been admitted in the prestigious University of Tokyo Hospital since June 18 immediately after his arrival in Tokyo have advised further tests today. According to Professor Toshiaki Watanabe who is the Vice-Director of the hospital and supervisor of the select team of specialists of the state-of-art medical institute, reports of all the tests carried out so far have been found normal. The Head of State has been taking normal food as usual and is absolutely fine.

Madan Kumar Bhattarai
Ambassador
Embassy of Nepal
Tokyo
June 24, 2013


0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...