बर्णनअनुसारको सुन्दर बेश्या नमिल्दा मुद्दा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बर्णनअनुसारको सुन्दर बेश्या नमिल्दा मुद्दा

Share This
लन्डन। सुन्दै अचम्म लाग्ने यो खबर वेस्ट मिडल्यान्ड्सको हो। मंगलबार साँझ पुलिस स्टेशनमा एउटा फोन आयो जसमा वस्तु विक्रय अधिनियम,१९७९को आधारमा एक बेश्यालाई मुद्दा हाल्न चाहेको बताउदै थिए एकजना पुरुष। पुलिसका अनुसार उजुरिकर्ताको दावी थियो कि उनको ति बेश्यासंग एक होटलको कार पार्किंगमा भेट भएको थियो महिला संग भएको फोनबार्तामा महिलाले आफुलाई जति सुन्दर भनेर बयान गरेकी थिइन् उनि उति सुन्दर थिइनन उजुरिकर्ताको भनाइ थियो। त्यसैले उजुरीकर्ता ति महिलालाई वस्तु विक्रय अधिनियमको उल्लङ्घनको मुद्दा हाल्न चाहन्थे।

याद रहोस बेलायतको वस्तु विक्रय अधिनियम,१९७९ अनुसार उपभोक्ताहरुलाई यस्तो कानुनी अधिकार छ कि उनीहरुलाई बेचिएको बस्तुको गुण सन्तोषजनक र जरुरत अनुसार हुनुका साथै बिक्रेताद्वारा दिएको जानकारीअनुसार सहि पनि हुनुपर्छ अन्यथा उपभोक्ताले मुद्दा दायर गर्न पाउँछन।

जब ति पुरुषले उक्त महिलासंग उनले मुद्दा हाल्न सक्नेबारेको कुरा गरे तब महिलाले ति पुरुषको कारको चाबी निकालेर भगिन। अलि पर पुगेर करको चाबी पुरुषतर्फ फाल्दै पुलिसको गएर मुद्दा हाल्न धम्कि दिंदै भागिन। पुरुषका अनुसार उनले महिलासंग भेट्ने तारतम्य मिलाएका थिए तर भेट्नु भन्दा पहिला इमान्दार रुपमा आफ्नो बारेमा सबै सहि कुरा बताउन भनेको थिए। यदि महिलाको कुरा झुटो निस्केमा ति महिलासंग कुनै सेवा नलिने पनि पुरुषको शर्त थियो। तैपनि महिलाले झुटो बोलिन। उजुरीकर्ताले दावी गरेका छन्। प्रहरीको भनाइ उद्दृत गर्दै संचारमाध्यमले लेखेका छन्।

यसपछि रिस उठेकोले नै प्रहरीलाई फोन गरेको उनले बताए। प्रहरी स्रोत भन्छ। यी पुरुषको समस्या सुनेर प्रहरीले पत्र लेखेर अब आइन्दा यस्तो फाल्तु कुरामा प्रहरीको समय बर्बाद नगराउन चेतावनि दिएका छन्। प्रहरीले उनलाई गल्ति महिलाको नभएर पैसा तिरेर यौनसम्बन्धको लागि आग्रह गरेर बेश्यब्रित्तिलाई बढावा दिएर उनी पुरुषले नै चाहिं गल्ति गरेको बताएका छन्।

1 comment:

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here