महिलाको आँखाबाट रगतको आँशु बग्न थालेपछि (फोटो फिचर) - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

महिलाको आँखाबाट रगतको आँशु बग्न थालेपछि (फोटो फिचर)

Share This

सबैलाई थाहा भएकै कुरा हो कि सामान्यतया: आँशु पानी रंगको हुन्छ। कसैको आँखाबाट रगतको आँशु झर्छ भन्दा सायदै तपाईले बिश्वास गर्नुहोला। तर चिलीमा यस्तै अपत्यारिलो घटना घटेको छ जसबाट डाक्टरहरु पनि अचम्मित र हैरान भएका छन्। हो चिलीमा एक महिलाको आँखाबाट रगतको आँशु झर्छ।


Yaritza Oliva नामकी २० बर्षीय यी महिलामा यसै महिना(जुन)को सुरुतिर यो समस्या पहिलो पटक देखिएको हो। पहिलोपटक रगतको आँशु झर्दा उनि एकदमै आत्तीइन। त्यसै दिनदेखि बिनाकुनै कारण उनि दैनिक पटक पटक रगतको आँशु झार्ने गर्छिन।

Yaritza यसै कुरालाई लिएर डाक्टरकोमा पनि नपुगेकी हैनन्, तर कुनै पनि इन्फेक्सन भएको प्रमाण फेला पर्न नसकेपछि डाक्टरले केवल आई ड्रप्समात्र दिएर पठाए। जसले उनको दुखाइमा केहि राहत दिने आशा गरियो।

आखिर किन भयो त यस्तो?

दुर्लभ र अपत्यारिलो यो घटना घट्नुको पछाडी एक किसिमको बिमारी भनौं वा अवस्था जिम्मेवार छ। उनमा haemolacria भन्ने रोग(अवस्था) रहेको बताइन्छ। haemolacria भन्ने अवस्थाले रगतयुक्त आँशु उत्पादन गर्नमा भूमिका खेल्छ।

अब के त ?

Yaritza का आमा बाबु भने आफ्नी छोरीलाई राम्रो नेत्र विशेषज्ञकहाँ देखाउन चाहन्छन। जसका लागि उनीहरुले छिमेकी, साथीभाईहरुसंग रकम उठाउन र मद्दत माग्न सुरु गरिसकेका छन्। उनका पिता Jose, जो पेशाले एक सिकर्मी हुन, ले एक स्थानीय समाचारमा भनेका छन् कि, "आफ्नो हात छातीमा राखेर हाम्रो अवस्था हेर्नुस र हाम्री छोरीलाई मद्दत गर्नुस।"

1 comment:

  1. I was so amazed reading the news.Amazing, blood tears from the eyes.Thanks enet Nepal for the News.

    ReplyDelete

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here