कन्फेडेरेशन कपको उपाधि ब्राजिलको पोल्टामा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

कन्फेडेरेशन कपको उपाधि ब्राजिलको पोल्टामा

Share This
१७ असार । ब्राजीलमा गए राति सम्पन्न कन्फेडेरेशन कप फुटवलको उपाधि ब्राजिलले हात पारेको छ ।

रियो द जेनेरियोको स्तादियो माराकानामा भएको खेलमा घरेलु टोली ब्राजिलले स्पेनलाई ३–० ले हराउँदै उपाधिमा ह्याट्रिक गरेको हो ।

खेलको दोस्रो मिनेटमा नै फ्रेडको गोलबाट अग्रता लिएको ब्राजिलका लागि नेमारले ४४ मिनेट गोल गर्दै २–० को अग्रता दिलाए ।
दोश्रो हाफ सुरु भएको दुई मिनेट पछि नै फ्रेडले अर्को गोल गर्दै टिमलाई स्पष्ट जित दिलाए ।

ब्राजिलले स्पेनको लगातार २९ औं खेलसम्म अपराजित यात्रामा पनि पूर्णविराम लगाइदिएको छ । खेलमा स्पेनले गोल गर्ने धेरै प्रयास बिफल भएका थिए । स्पेनले दोश्रो हाफमा पाएको पेनाल्टी पनि सर्जियो रामोसले मिस गरेका थिए । हारसंगै पहिलो पटक उपाधि जित्ने स्पेनको सपना सफल हुन सकेन ।

ब्राजिलले उरुग्वेलाई र स्पेनले इटलीलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।
यसैबीच तेस्रो स्थानका लागि भएको खेलमा इटलीले उरुग्वेलाई हराएको छ । ट्राइबेकरमा ३–२ ले खेल जित्दै इटली तेश्रो भएको हो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here